पिसाब फेर्ने र फोहोर फाल्ने लाई ३ महिना जेल र १ लाख जरिवाना


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

फेसबुकजस्ता सामाजिक सञ्जालले कहिलेकाहीँ हामीलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्छ। त्यस्तै एउटा सामाजिक अभियान अहिले चर्चामा छ।

त्यो अभियान हो- #ट्रयासट्याग च्यालेन्ज।

अर्थात्, सार्वजनिक ठाउँमा थुप्रिएका फोहोरमैला सफा गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा सेयर गरेर अरूलाई पनि त्यस्तै काम गर्न प्रेरित गर्ने।

यसैबीच नायिका आशिका तामाङ्गले पनि केहि समय अघि देखि काठमाडौँ उपत्यका लगायत अन्य क्षेत्रमा सरसफाई अभियान नै चलाएकी छिन । सरसफाई गरे पछी फेसबुकमा फोटो भिडियो पोष्ट गरेर उनले अरुलाई पनि सफा गर्न प्रेरित गरेकी छिन ।

केहि समय अघि बसको झ्यालबाट फलेको फोर्होर टिप्न अनुरोध गरेको भिडियो सामजिक संजालमा भाइरल समेत भयो । उक्त भिडियोले धेरैको सपोर्ट पाएका नायिका आशिकाले आलोचना पनि तेतिकै पाएको छ ।

फेरी नायिका आशिकाले फेसबुकमा एउटा फोटो पोष्ट गरेको छ । उक्त फोटोमा फोहोर फालेमा वा पिसाब गरेमा ३ महिना जेल १ लाख जरिवाना लेखेको साइन बोर्ड रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com