जिउँदै गाडिएको नवजात शिशुको कुकुरले उद्धार गर्यो |
प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार
उत्तर थाईल्यान्डमा एउटा कुकुरले जिउँदै गाडिएको एउटा नवजात शिशुको उद्धार गरेको छ । पिङ पोङ नाम गरेको कुकुरले थाइल्याण्डको पान नोङ खाम गाउँमा नवजात शिशुको उद्दार गरेको बीबीसीले जनाएको छ ।
बीबीसीको अनुसार सो कुकुरले भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए । कुकुरले भइँ खने पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको कुकरको मालिकले देखका थिए । प्रहरीको अनुसार पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेका थिए ।
स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे। त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताइएको छ।
बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ।






