अमेरिकामा उपमेयरमा नेपाली मूलका किरण सिटौला निर्वाचित


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

अमेरिकाको मेरिल्यान्ड राज्यअन्तर्गत इन्डियन नगरपालिकाको नगर उपप्रमुखमा नेपाली मूलका किरण सिटौला निर्वाचित भएका छन ।

मेरिल्यान्डको टाउन अफ इन्डियन हेड नगरपालिकाको उपमेयरमा सिटौला दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । काठमाडौंको बूढानीलकण्ठ पढेका सिटौला उच्च शिक्षाका लागि २५ वर्षअघि अमेरिका पुगेका थिए ।

उपमेयर निर्वाचित सिटौलाको सहरमा अत्याधुनिक पुस्तकालय, नेपाली समुदायलाई व्यवसाय विस्तारमा सहयोग, नयाँ पुस्तालाई अमेरिकी मूलधारको राजनीतिमा ल्याउन सहयोग गर्ने लगायत योजना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com