ओबामा र ट्रम्पका नक्कली समाचार भाइरल


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

केहीदिन यता दुईवटा नक्कली समाचारहरु फेसबुकमा भाइरल बनिरहेका छन्, एउटा ओबामाको, अर्को ट्रम्पको ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाका नागरिकहरुलाई अमेरिकामा विना भिसा भ्रमण गर्न अनुमति प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको भन्ने गलत समाचार फेसबुकमा भाइरल बनिरहेको छ ।

खासगरी एसियाका देशका व्यक्तिले यसलाई निकै उत्साहका साथ शेयर गरिरहेका छन् । जसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य छ । एसियाका व्यक्तिलाई अमेरिकामा १८० दिनसम्म यात्रा गर्नका लागि भिसा नलाग्ने भन्ने खबर नक्कली समाचारहरु संप्रेषण गर्ने अँग्रेजी भाषाका केही अनलाइनबाट भारइल बनेको हो ।

त्यस्तै बराक ओबामाले प्राइभेट कम्पनीमा जागिरका लागि आवेदन दिएको र थोत्रो बाइकमा नयाँ घरमा सरेको नक्कली समाचार पनि फेसबुकमा भाइरल बनिरहेको छ ।

टाइम पत्रिकाका अनुशार ओबामाको झण्डै १२ मिलियन अमेरिकी डलरको सम्पत्ति रहेको छ । जुन नेपाली रुपैया एक अर्बभन्दा धेरै हो । त्यो बाहेक ओबामापत्नी मिशेलको कुल सम्पत्ति पनि ११ दशमलव ८ मिलियन रहेको छ ।

त्यो बाहेक अमेरिकी राष्ट्रपतिले कार्यकाल सकिएपछि बार्षिक झण्डै २ लाख डलर पेन्सनका रुपमा प्राप्त गर्ने नियम रहेको छ भने प्रथम महिलाका रुपमा मिशेलले पनि बार्षिक २० हजार डलर पेन्सनबापत प्राप्त गर्नेछिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com