एनआरएनए न्यूसाउथ वेल्सको सचिवमा गायिका सुजाताको उम्मेदवारी


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

आगामी ६ जुलाइमा हुन लागेको एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालकालागि उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।

यसैक्रममा न्यू साउथ वेल्स राज्य समितिको सचिव पदमा सुजाता उपाध्यायले उम्मेदवारी घोषणा गरेकी छिन् । नयाँ पुस्तकाका लोकप्रिय गायिका समेत रहेकी सुजाताले विदेशी भूमीमा पनि महिलाको उपस्थिति सम्मानजनक बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै सुजाताले लेखेक छिन्–’हरेक सामाजिक संघ सस्थाहरुमा महिलाहरुको उतिनै सहभागीता जनाएर आउनुहोस् । हाम्रो समाज , परिबेश र देश बिदेशमा महिला सशक्तिकरणलाई अगाडि बढाऔं ।  मेरो व्यक्तिगत , पारिवारिक र पेशागत जीवनबाट बचेको समय सामाजिक कामको लागि खर्चिने जमर्को गरेको छु । यहाँहरु सबैको सहयोग,माया र साथको लागि सधैं झैं आशाबादी छु ।’

दर्जनौं गीतहरु मार्फत श्रोता दर्शकको मन जितेकी सुजाता केही समय अघि आएँ म त परेर चिटिक्कै बोलको गीतबाट अझ बढी चर्चित भएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com