दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति ४ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ति महिला मुम्बई मा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै ९ मे मा चितवनबाट नयाँ दिल्ली गएको खुलेको छ । दिल्लीमा मुम्बई जाने बसबारे सोधपुछ गर्ने क्रममा एक जनाले द्वाराकाबाट जान्छ भनेपछि द्वाराका पुगिन् । द्वाराकामा उनि एक फलफुल पसलेको सम्पर्कमा पुगिन र पसलेले मुम्बई पठाइदिन्छु भनेर आश्वासन दिए ।

तर साँझ छिप्पीदै गएपछि बाहिर बस्नुहुँदैन भनेर आफ्नो कोठामा लिएर उसले बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छन् । उनका अनुसार रक्षकका रुपमा प्रस्तुत भएर भक्षक निस्किएको उक्त व्यक्तिले अन्य तीन जनालाई बोलाएर समेत बलात्कार गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com