एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदनमा भिसा बुलेटिनको मिति युएससीआईएसले कार्यान्वयन नगर्ने


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदन स्वीकृत भइसकेकाहरुका लागि नकारात्मक खबर छ । युएससीआईएसले भिसा बुलेटिनमा प्रकाशित फाइल गर्ने मितिलाई कार्यान्वयन नगरी फाइनल एक्सन मितिलाई कार्यान्वयन गर्ने भएको छ ।

अब भिसा बुलेटिनमा फाइनल एक्सन मिति हेरेरमात्र आई १४० स्वीकृत भइसकेकाहरुले ग्रिनकार्ड फाइल गर्न युएससीआईएसले सुझाव दिएको छ । जस अन्तरगत जुन महिनामा २२ अप्रिल २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुलेमात्र ग्रिनकार्ड फाइल गर्न पाउनेछन् ।

भारत र चीनको सन्दर्भमा भने त्यो मिति अझ पहिलेको रहेको छ । २०१५ को जनवरी १ भन्दा अगाडि प्राथमिकता मिति रहेका भारतीय र सन् २०१७ को फरबरी २२ भन्दा अगाडि प्राथमिकता मिति रहेका चिनियाहरुलेमात्र रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि जुन महिनामा आवेदन दिन पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com