प्वाइन्टमा आधारित ग्रिनकार्डका लागि ट्रम्पको योजना सार्वजनिक


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिटमा आधारित अध्यागमन प्रणाली निर्माणका लागि आफ्नो बृहत योजना सार्वजनिक गरेका छन् । आज ह्वाइटहाउसको रोज गार्डेनमा दिएको मन्तब्यमार्फत उनले आफ्नो अध्यागमन योजना सार्वजनिक गरेका हुन् ।

आफूहरुले अमेरिकन कामदारलाई सुरक्षा, ज्याला र जागिरका लागि प्राथमिकता दिने योजना ल्याएको तथा आफूहरुको योजना आप्रवासीपरस्त, कामदारपरस्त र अमेरिकापरस्त रहेको ट्रम्पले बताएका छन् । ट्रम्पले अगाडि सारेको अध्यागमन योजनामा आप्रवासीहरुलाई प्वाइन्ट सिस्टमबाट क्षमताका आधारमा ग्रिनकार्ड प्रदान गर्ने विषय समावेश गरिएको छ ।

नयाँ योजनाले एसाइलम प्रणालीलाई पनि सुधार गर्नेछ । तर नयाँ योजनामा बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरु र टीपीएसको माताहतमा रहेका आप्रवासीहरुको विषयलाई भने समेटिएको छैन ।

ट्रम्पको यो अध्यागमन योजना तयार पार्नका लागि उनका प्रमुख सल्लाहकार तथा ज्वाई जारेड कुश्नेरले मुख्य पहल गरेका थिए । यो योजनालाई ट्रम्पको आगामी कार्यकालका लागि चुनावी एजेण्डाका रुपमा समेत ब्याख्या गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले अमेरिकामा झण्डै १२ प्रतिशत आप्रवासीहरुलेमात्र क्षमताका आधारमा ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । अरु ६६ प्रतिशतले परिवारमा आधारित ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । एसाइलम लगायत मानवीय आधारमा २२ प्रतिशतले ग्रिनकार्ड पाउदै आएका छन् ।

त्यसलाई परिवर्तन गरेर ट्रम्पले ५७ प्रतिशत क्षमतामा आधारित र ३३ प्रतिशत परिवारमा आधारित बनाउन खोजेका छन् । १० प्रतिशतमात्र ग्रिनकार्ड एसाइलम लगायतका मानवीय आधारमा जारी गर्न खोजेका छन् ।

यो योजना कार्यान्वयन भएमा अमेरिकामा रहेका नेपालीहरुलाई पनि ठूलो असर गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com