अष्ट्रेलियामा ‘सेयरीङ’मा कसरि बस्ने ? ध्यान पुर्याउनुपर्ने महत्वपूर्ण कुराहरु


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

अष्ट्रेलियामा आउने विद्यार्थीहरुका यहाँ आफन्तहरु नहुँदा बस्नको लागि समस्या साथै आर्थिक दबाब हुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरु आफूले भेटेका साथीहरु वा नचिनेका विद्यार्थीहरु संग पनि संगै बस्न सक्छन् । यसरि संगै बस्दा विद्यार्थीहरुलाई केही कुराहरुमा विशेष ध्यान दिनुपर्छ जसले गर्दा सम्बन्ध नबिग्रियोस् र आफ्नो शान्तिपूर्ण तथा अनुकूल बसाईं होस् ।

– नितान्त व्यक्तिगत कुराहरु ‘सेयर’ नगर्नुहोस्।
– सकेसम्म साथीको सामान प्रयोग नगरिदिनुहोस् । गर्नै परे सामान प्रयोग गर्दा अनुमति लिनुहोस् ।
– साथीलाई परिवारको सदस्य जस्तो व्यवहार गर्नुहोस् तर समबन्ध टिकाउ र भविष्यमा समस्या नआओस भन्नको लागि थोरै निश्चित   दूरी पनि बनाईराख्नुहोस् ।
– घरको भाडा लगायतका सबै खर्चहरु आफ्नो- आफ्नो भाग लगाएर तिर्ने गर्नुहोस् जसले गर्दा कहिल्यै पनि लेनदेन सम्बन्धि विवाद वा मनमुटाव   निम्तिदैन ।
– घरको सरसफाई लगायतका कामहरु भाग लगाएर वा मिलिजुली गर्ने गर्नुहोस् ।
– आफू मात्र एकोहोरो कुरा गर्ने बानि नगर्नुहोस् । साथीको पनि कुरा सुन्ने बानि बसाल्नुहोस् ।
– संगै बस्ने साथीको बारेमा अरु संग कुरा काट्नु भन्दा आफूलाई मन नपरेको कुरा मित्रवत तरिकाले साथीलाई नै भन्नुहोस्।
– चर्को स्वरमा टि.भी , म्युजिक चलाउने, भाडा , ढोका बजाउने बानी हटाउनुहोस् ।
– आफ्ना सबै सामानहरु सहि ठाउँमा राख्नुहोस् ।
– विषय मिलेको खण्डमा सामूहिक अध्ययन गर्नुहोस् ।
– एक-आपसमा सहयोगी भूमिका निर्वाह गर्नुहोस् ।
– सम्बन्ध राम्रो बनाउनको लागि संगै घुम्न निस्कनुहोस , मनोरन्जनात्मक कार्यक्रममा संगै सहभागी हुनुहोस ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com