झापामा विद्यालयबाट घर फर्किँदै गरेकी ६ वर्षीया बालिका बलात्कृत


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका थिए।

बलात्कृत बालिका घर रुदै पुगेपछि घटना बाहिरीएको हो। ती किशोरले यसाघि पनि ती बालिकालाई पटक पटक बलात्कार गरेको समेत खुलेको छ। हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भैरहेको छ।

घटनापछि पीडित बालिकाका परिवारजनले प्रहरी चौकी वडाबारीमा उजुरी दिएका हुन्।यता प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए।अन्नपुर्ण पोस्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com