सामुदायिक वनमा डेढ करोड भ्रष्टाचार , उपभोक्तादेखि डिएफओसम्मको मिलेमतो


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

मकवानपुरको बकैया गाउँपालिका–२ स्थित ब्रह्म सामुदायिक वनमा वनकै कर्मचारी, स्थानीय अगुवा र उपभोक्ता मिलेर डेढ करोड भ्रष्टाचार गरेको भेटिएको छ ।
अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कर्मचारी, उपभोक्ता समूहका पदाधिकारी, ठेकेदार तथा स्थानीय अगुवासहित २० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ .

हावाहुरीले रूख ढलेको नक्कली प्रतिवेदन बनाई करिब चार सय ७० वटा सालका रूख काटेर बिक्री गरेको भेटिएको अख्तियारले जनाएको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वन कार्यालयको आदेश लिएर दुई सय ६२ वटा तथा आदेश नलिई थप दुई सय आठवटा सालका रूख काटिएको थियो ।

जिल्ला दैवीप्रकोप समितिले समेत रूख ढलेको पत्र लेखेको थियो । जब कि छानबिनमा हावाहुरीले कुनै रूख नढलेको पुष्टि भएको प्रवक्ता कोइरालाले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com