पर्यटक प्रहरीमा विदेशी पर्यटकका ५ सय ४६ उजुरी


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका पर्यटकले नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीमा एक वर्षमा ५ सय ४६ उजुरी दर्ता गरेका छन् ।
काठमाडौं उपत्यकाका १० विभिन्न स्थानमा पर्यटक प्रहरीको कार्यालय खुलेका छन् ।

उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सन २०१८ को सुरुवातदेखि २०१९ को हालसम्म ५ सय ४६ उजुरी दर्ता भएको हो ।  उपत्यकाबाहिर समेत १२ जिल्लामा पर्यटक प्रहरी कार्यालय सञ्चालनमा छ । देशैभर गरी २५ स्थानमा पर्यटक प्रहरीको कार्यालय रहेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार पर्यटकका अधिकांश पासपोर्टसहितका विभिन्न कागजपत्र र मोबाइल हराएको उजुरी छ ।
यस्तै, होटलबाटै सामान चोरी भएका, ट्याक्सीमा सामान छुटेका, सँगै घुम्न हिँडेका गाइडबाटै धोका पाएका उजुरी पर्यटक प्रहरीमा दर्ता भएका छन् ।
राजधानीमा पर्यटन प्रहरीले नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई कसरी सुरक्षा दिन सकिन्छ भन्ने सन्दर्भमा समेत बुधबार सरोकारवाला निकायलाई डाकेर छलफल गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com