ग्रिनकार्ड, सिमा सुरक्षा लगायतका ६ विषय समेटिएको अध्यागमन योजना घोषणा गर्दै ट्रम्प


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कस्ता आप्रवासीहरुलाई अनुमति दिने भन्ने सन्दर्भको महत्वपूर्ण परिवर्तनको योजना घोषणा गर्ने तय भएको छ । बिहिबार ह्वाइट हाउसको रोज गार्डेनमा विशेष सम्बोधनमार्फत ट्रम्पले यस्तो योजना घोषणा गर्न लागेका हुन् ।

नयाँ योजना अन्तरगत अमेरिकामा परिवारमा आधारित ग्रिनकार्डलाई निरुत्साहन गरिनेछ भने क्षमतामा आधारित ग्रिनकार्डलाई प्रोत्साहित गरिनेछ । समग्रमा प्रदान गरिने ग्रिनकार्डको संख्या भने परिवर्तन नगरिने तर ग्रिनकार्ड प्रदान गर्ने तरिकामा परिवर्तन गरिने विषय योजनामा समेटिएको छ ।

ट्रम्पले घोषणा गर्ने योजनामा ६ वटा विषयहरु समेटिएको छ । पर्खाल निर्माणको काम पूरा गरेर सिमालाई सुरक्षित गर्ने, कमज्यालामा काम गर्ने श्रमलाई सन्तुलित गर्ने, क्षमतावान आप्रवासीहरुलाई आकर्षित गर्ने, नजिकका परिवारका सदस्यको ग्रिनकार्डलाई प्राथमिकता दिने, समस्याग्रस्त उद्योगका लागि कामदार निर्यात गर्ने र एसाइलम कायम राख्ने तर सिमित गराउने लगायतका विषय समेटिएका छन् ।

अहिलेको शुत्र अनुशार क्षमतामा आधारित १२ प्रतिशत, परिवारमा आधारित ६६ प्रतिशत र एसाइलम लगायत मानवीयतामा आधारित २२ प्रतिशत ग्रिनकार्ड जारी गरिदै आएको छ । तर ट्रम्पले यसलाई परिवर्तन गरेर क्षमतामा आधारित ५७ प्रतिशत, परिवारमा आधारित ३३ प्रतिशत र एसाइलम लगायत मानवीयतामा आधारित १० प्रतिशत ग्रिनकार्ड जारी गर्ने योजना अगाडि सार्दैछन् । बर्षमा जारी गरिने झण्डै ११ लाख ग्रिनकार्डको संख्या भने कायम रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com