साउथ अष्ट्रेलियाले सार्वजनिक गर्यो स्पोन्सर्ड भिसाको लागि अकुपेशन लिस्ट


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

साउथ अष्ट्रेलिया सरकारले स्पोन्सर्ड भिसाको लागि अकुपेशन लिस्ट सार्वजनिक गरेको छ । उक्त लिस्टमा १७४ पेशा रहेका छन् । सरकारले Designated Area Migration Agreement (DAMA) अन्तर्गत पाइने स्पोन्सर्ड भिसाको लागि अकुपेशन लिस्ट सार्वजनिक गरेको हो ।

Designated Area Migration Agreement (DAMA) अन्तर्गत साउथ अष्ट्रेलिया सरकारका दुई कार्यक्रम रहेका छन् । पहिलो कार्यक्रम Adelaide Metropolitan region रहनेछ भने दोस्रो कार्यक्रम South Australian Regional Workforce Agreement रहनेछ ।

यसरि उपलब्ध हुने स्पोन्सर्ड भिसा कम्पनी मालिकहरुले आप्रवासी कामदारलाई स्पोन्सर गर्नुपर्ने हुन्छ । यो भिसा Temporary Skill Shortage visa ( सबक्लास ४८२ लेबर एग्रीमेन्ट स्ट्रिम ) अन्तर्गत पर्छ ।

सार्वजनिक भएको अकुपेशन लिस्ट सहित थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com