मोवाइल बिल ४० प्रतिशत कम हुने योजना ल्याउँदै एयु


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

जापानी दूरसञ्चार कम्पनी केडीडीआईले स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ योजना ल्याएको छ । सरकारले प्रमुख मोबाइल नेटवर्क क्यारियरबीचको प्रतिस्पर्धालाई सहज बनाउन दबाबको सृजना गरिरहेको यस समयमा केडीडीआईले स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ ‘प्राइस डाउन’ डाटा योजना सार्वजनिक गरेको हो ।

एयु मोवाईल सेवा संचालक कम्पनीले आफ्ना सबै प्रकारका ग्राहकप्रति लक्षित गर्दै तीन किसिमका योजना ल्याएको छ । एउटा हो लाइट प्रयोगकताका लागि दुई वर्षिय सम्झौतासहितको मिटर्ड योजना ।

यदि प्रयोगकर्ताको डाटा प्रयोग १ गिगाबाइट भन्दा बढी ननाघेमा यसको मूल्य मासिक २ हजार ९ सय ८० येनमा शुरु हुन्छ । साथै परिवारका दुई वा सो भन्दा बढी केडीडीआई स्मार्टफोन प्रयोगकर्ता भएका ग्राहकलाई अतिरिक्त १ हजार छूटको समेत व्यवस्था गरिएको छ । कम्पनीले अझै न्यून मूल्यमा डाटा योजना ल्याउने तयारी गरिरहेको कम्पनीका वरिष्ठ कार्यकारी अधिकारी ताकाशि सोजिले बताएका छन् ।

नयाँ योजना जुन १ देखि कार्यान्वयन हुनेछ । केडीडीले गत महीना जापानको अर्को प्रमुख क्यारियर एनटीटी डोकोमो इङ्कले ल्याएको योजनासँग मिल्दोजुल्दो योजना ल्याउने तयारी गरिरहेको छ । डोकोमोले गत महीना नयाँ डाटा योजना ल्याएको थियो । यसमा १ गिगाबाइटभन्दा कम डाटा प्रयोग गर्नेलाई मासिक १ हजार ९ सय ८० येन र १ हजार येन अतिरिक्त परिवार छूटको व्यवस्था गरेको थियो ।

यो नयाँ योजनाले ग्राहकको बिल ४० प्रतिशतसम्मले घटाउन सक्ने डोकोमोले दाबी गरेको छ । केडीडीआइले आफ्ना स्मार्टफोन प्रयोगकर्ताका लागि असिमित तिव्र गतिको योजना पनि ल्याउन शुरु गर्ने भएको छ ।

यो गर्मी महिनादेखि शुरु हुने यस योजनाअन्तर्गत डाटाको मासिक मूल्य ८ हजार ९ सय ८० येन पर्ने छ । यसमा पनि १ हजार येनको पारिवारिक छूट पाइने छ । त्यस्तै केडीडीआइको तेस्रो तथा अन्तिम योजना हो मासिक ७ गिगाबाइट डाटा प्रयोग गर्नका लागि ५ हजार ४ सय ८० येन खर्च गर्नुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com