अष्ट्रेलियामा प्रतिघन्टा ९ डलर मात्र तलब मिल्ने गरेको फुड डेलिभरी कर्मचारीहरुको गुनासो


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

अष्ट्रेलियामा सरकारले तोकिदिएको न्युनतम तलब १८ । ९३ डलर रहेको छ । तर फुड डेलिभरी सर्भिसमा काम गर्ने कर्मचारीहरु भने आफूहरुलाई ९ डलर प्रतिघन्टा र कहिलेकाहीं त्यो भन्दा पनि कम तलब मिल्ने गरेको बताएका छन् ।

फुड डेलिभरी सर्भिसमा काम गर्ने कर्मचारीहरुका अनुसार, खाना डेलिभरी गर्दा खाना पोखिएमा, डेलिभरीको समयमा कुनै दुर्घटना भएमा त्यो खर्च उनीहरु आफैले व्यहोर्नुपर्ने हुन्छ । त्यस्तै, डेलिभरीको समयमा सवारी साधन पनि आफ्नै ल्याउन लगाइन्छ र त्यो सवारी साधानको बीमा देखि सम्पूर्ण खर्च कर्मचारीले व्यहोर्नुपर्छ । यसरि सबै खर्च कटाउँदा उनीहरुको आम्दानी प्रतिघण्टा ९ देखि १५ डलरसम्म मात्र हुन्छ ।

ती खर्चहरु कर्मचारीले नभई कमपनीले व्यहोर्नुपर्ने तथा आफूहरुलाई अन्य सेवामा काम गर्ने कर्मचारीहरुलाई सरह तलब सुविधा मिल्नुपर्ने माग गर्दै डेलिभरी सर्भिसका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । ऊबर, मेन्युलोग, डिलीवरू आदि डेलिभरी सर्भिसमा काम गर्ने कर्मचारीहरुले मंगलबार उबर कम्पनीको सिड्नी स्थित मूख्य कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com