परीक्षार्थीको उत्तर लेख्दै गर्दा निरीक्षक यादव पक्राउ


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

कक्षा ११ को जारी परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिकामा उत्तर लेख्दै गरेका एक निरीक्षकलाई पक्राउ गरिएको छ । यसाघि कक्षा १२ को परीक्षामा मोबाइल प्रयोग गरी उत्तर लेख्ने गरेका तीन जना परीक्षार्थी उपर समेत कारबाही गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा संचालन भैरहेको कक्षा ११ को मंगलबार संचालन भएको परीक्षामा एक परीक्षार्थीको उत्तरपुस्तिकामा लेख्दै गरेको अवस्थामा राजविराज स्थित राजदेवी ठाकोदेवि जोगेन्द्र भगत माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षक विभा यादवलाई नियन्त्रण लीइ कानूनी कारबाही अघि बढाइेको प्रहरीले जनाएको छ ।

सो परीक्षा केन्द्रमा शिक्षाको परिचय विषयको परीक्षा समाप्त पछि सिम्बल नं.६१५०००२४ भएको उत्तरपुस्तिका निरीक्षकको रुपमा खटिएको सोही विद्यालयमा कार्यरत शिक्षिका सिरहा जिल्लाको सुखिपुर नगरपालिका ९ बस्ने ३५ वर्षीया विभा यादवले विद्यालयको कार्यालय कोठामा पुस्तिका झिकेर उत्तर लेख्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरिएको बताइेको छ ।

सप्तरी जिल्ला अदालत राजविराजबाट परीक्षा मर्यादा विपरीतको कसुरमा उनी उपर म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गत २४ गते कक्षा १२ को परीक्षामा कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गणित विषयको परीक्षामा मोबाइल प्रयोग गरी उत्तर लेख्दै गरेका तीन जना परीक्षार्थीलाई कारबाही गरिएको छ ।

मोबाइलको प्रयोग गरी इमो मार्फत चिट चोरी गर्ने सिम्बल नम्बर २१५०१२३१, २१५०१२३२ र २१५०१२३३ परीक्षार्थीहरु क्रमशः दिपेश सरदार, रामप्रसाद हुमागाई र रंजित कुमार मण्डललाई नियन्त्रणमा लीइ कारबाही गरिएको हो ।

परीक्षार्थी दिपेश सरदारले डाटामा इन्टरनेट चलाएर मोबाइलमा इमो ग्रुप बनाई सो गणित विषयको प्रश्नपत्र पठाएर उत्तर प्राप्त गरी तीनै जनाले चोरेर उत्तर लेख्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताइेको छ ।

उनीहरुलाई पनि अदालतबाट परीक्षा मर्यादा विपरीतको कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रनाउ रिमालले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com