जापान नेपाल सिधा उडानको टिकट बुकिङ खुल्ला, यस्तो छ भाडादर


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको लागि टिकट बुकिङ खुल्ला गरेको छ ।

असार १९ गते अंग्रेजी मिति अनुसार आगामी जुलाई ४ तारिख देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट विक्रि खुल्ला गरेको हो ।

जापानको ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुल्ला गरिएको नेपाल एयरलाईन्सका जापान प्रमुख सन्तोष पाण्डेले जानकारी दिए ।

निगमले असार १९ गतेदेखि हप्ताको तीन दिन मंगलवार बिहिबार र शनिबार उडान गर्ने निश्चित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निगमले तय गरेको जापानको ओसाका देखी काठमाडौंसम्मको उडान भाडा सस्तोमा ४१ हजार येन देखी महंगोमा २ लाख ३० हजार येनसम्म रहेको छ ।

निगमको सस्तो इकोनोमी क्लास सिटका लागि एकतर्फी ४१ हजार येन तोकिंदा महंगोमा बिजनेश क्लासको एकतर्फी १ लाख १८ हजार रहेको छ ।

नेपाल एयरलाईन्सले टिकट सस्तो तय गरेपनि जापान सरकारको ट्याक्सका कारण मुल्य बढी पर्न गएको निगमको भनाई छ । यद्यपी नेपाल एयरलाईन्सले तोकेको भाडादर अन्यकुनैपनि बिमान कम्पनीभन्दा सस्तो पाईएको छ ।

एक करोड ९० लाख भन्दा बढी जनसंख्या रहेको ओसाका जापानको राजधानी टोकियो पछिको दोस्रो ठूलो शहर हो ।

काठमाडौं ओसाका सिधा हवाई उडानबाट जापानबाट नेपाल यात्रा गर्ने नेपालीहरुलाई सहज हुनुका साथै जापानमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।

नेपालस्थित पर्यटन बोर्डले टोकियोस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा जापानका विभिन्न सहरमा आयोजना गर्ने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम, गैरआवासीय नेपाली संघका कार्यक्रममा नेपाल एयरलाइन्सको सिधा उडानबारे जानकारी दिन थालेको छ । यसको लागि जापानको सम्पूर्ण जिम्मेवारी निगमले कन्ट्री म्यानेजरको रुपमा सन्तोष पाण्डेलाई तीनमहिना अघिनै नियुक्त गरेको थियो ।

म्योनजर पाण्डेले नेपाल एयरलाईन्सले ओसाकापछि नारिता उडानको लागि काम गरिरहेको जनाउँदै आवश्यक प्रक्रियाहरु अघि बढेको जानकारी दिए ।

जापानभर आईटा बिएसपी अर्थात् अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीको सदस्य भएका ५ सय २ वटा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिनेछ । जापानमा रहेका यस्ता ५०२ ट्राभलबाट टिकट काट्न सकिनेगरि खुल्ला गरिएको कन्ट्रि म्यानेजर पाण्डेले जानकारी दिए ।

पहिलो भाडादरः एकतर्फी ४१ हजार, दुई तर्फी ७७ हजार येन
दोस्रोः एकर्फी ४५ हजार र दुई तर्फी ८५ हजार जापानी येन
तेस्रोः एकतर्फी ४९ हजार येन र दुई तर्फी ९३ हजार येन
चौथो टिकटदरः एकतर्फी ५३ हजार येन र दुईतर्फी १ लाख १३ हजार पाचौं एकतर्फीः ५९ हजार येन र दुई तर्फी १ लाख २५ हजार येन

बिजनेश क्लास तर्फः एकतर्फी १ लाख १८ हजार येन रहेको छ भने बिजनेश क्लास दुईतर्फी भाडा २ लाख ३० तीस हजार जापानी येन रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com