अगाडि बढेन एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति जुन महिनामा पनि अगाडि बढेको छैन । १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुले मे महिनामा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदन दिन पाउने तय भएपनि जुन महिनामा समेत सोही मिति नै कायम रहेको छ ।

जुन महिनामा पनि मे महिनामा जस्तै १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका रोजगारमा आधारित पहिलो श्रेणीका नेपालीहरुले ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्न कन्सुलर प्रकृयामार्फत अहिले झण्डै १ बर्ष लाग्ने गरेको छ ।

१ मार्च २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलाई मात्र जुन महिनामा ग्रिनकार्ड जारी गरिनेछ । रोजगारमा आधारित अन्य श्रेणीमा भने नेपालीहरुलाई जुन सुकै प्राथमिकता मिति भएपनि भिसा करेन्ट रहेको छ ।

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि भिसा करेन्ट नहुँदा नेपालीहरुले पहिले जस्तो ६ महिनाको भिजिटर भिसामा आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड प्राप्त गर्न सम्भव छैन । उनीहरु अमेरिकामा आएर आई १४० आवेदन दिएपनि ग्रिनकार्डका लागि स्वेदश फर्किएर कन्सुलर प्रकृयामार्फत आउनुपर्ने बाध्यता रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com