जनकपुरमा आज जानकी नवमी एवं जानकी जन्मोत्सव धुमधामसंग मनाइदैछ ।
बैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ । जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरुमा पुजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ ।
यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैं सिंगारिएको छ । सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी नवमीको अवसरमा प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।