राष्ट्रपति भण्डारी जनकपुर जाने,जनकपुरमा फोहोर उठेन


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारी सीता नवमीको अवसर पारेर सोमबार जनकपुरको जानकी मन्दिर जानुहुने भएको छ ।

सीता नवमीका अवसरमा जानकी मन्दिरमा हुने पूजाअर्चनामा सरिक हुन राष्ट्रपति भण्डारी जनकपुर जान लाग्नुभएको हो । पूजाअर्चनामा सहभागी हुन भारतका विशिष्ट अतिथि र महन्थ तथा साधुसन्त समेत जनकपुर पुग्नेछन् ।

जनकपुर उपमहानगरकाका सरसफाई कर्मचारीहरु आन्दोलित भएपछि मन्दिर परिसर क्षेत्रको सरसफाईमा समस्या देखिएको छ । राष्ट्रपति भण्डारीसहित विशिष्ट पाहुनाहरुको स्वागतका लागि मन्दिर परिसर क्षेत्र सरसफाई गर्नुपर्ने समयमा सरसफाई कर्मचारीहरु आन्दोलित भएका कारण उपमहानगरपालिकाका नेतृत्व तनावमा परेका छन् ।

साढे चार महिनादेखि तलब नदिएको भन्दै ज्यालादारीमा कार्यरत ५६ सरसफाई कर्मचारीले आइतबारदेखि आन्दोलन शुरु गर्दै उपमहानगर परिसरमा धर्नामा बसेका छन् । साढे चार महिनाको तलब र करार नियूक्ति नदिएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com