आज पनि हावाहुरी सहित वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

आज सोमबार पनि देशभरि आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि देशका विभिन्न ठाउँहरूमा हावाहुरीसहित वर्षा भएकाे थियाे ।

पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने एवं बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । सामान्य हिमपात पर्ने भए पनि आरोहणमा जानेहरुले भने सावधानी अपनाउनुपर्ने मौसमविद्हरुले जनाएका छन् ।

पानी पर्ने सम्भावनाका कारण देशभरको तापक्रम केही कम हुने महाशाखाको अनुमान छ । धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com