टीपीएसमा हुने नेपालीलाई एसाइलम गर्न एकबर्षको समयसिमा नलाग्ने


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

अमेरिकामा टीपीएसमा हुने नेपालीहरुलाई एसाइलम आवेदन दिनका लागि एकबर्षको समयसिमा नलाग्ने युएससीआईएसले स्पष्ट पारेको छ । तर टीपीएसमा जानुभन्दा अगाडि अमेरिकामा प्रवेश गरेको एकबर्ष भने पूरा नभएको हुनुपर्छ ।

यदि कुनै व्यक्ति टीपीएसमा जानुभन्दा अगाडि अमेरिकामा आएको एकबर्ष पूरा भएको थिएन भने उक्त व्यक्तिले अहिले पनि एसाइलम आवेदन दिन पाउने युएससीआईएसले स्पष्ट पारेको छ । टीपीएसमा जानासाथ उक्त व्यक्तिको एसाइलमका सन्दर्भमा अमेरिका बसाईको गणना रोकिने जनाइएको छ ।

टीपीएसलाई असाधारण अवस्थाका रुपमा स्वीकार गरिने र सन् २०१५ मा टीपीएस प्राप्त गरेको नेपालीले त्यो भन्दा अगाडि नै अमेरिकामा एकबर्ष बिताएको छैन भने अहिले पनि एसाइलम आवेदन दिन पाउने युएससीआईएसको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com