सरकारको बजेटका कारण चालु आर्थिक वर्षको सुरुमै बढेको इन्टरनेट महसुल सर्वत्र विरोधपछि फिर्ता गरिए पनि आर्थिक वर्षको अन्त्यतिर फेरि बढ्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले अत्यधिक रुपमा पोलको भाडादर बढाएपछि त्यसको सिधा भार उपभोक्ताको थाप्लोमा पर्ने खेखिएको छ। हालसम्म प्रतिवर्ष प्रतिकिलोमिटर ५ हजार ५० रुपैयाँ तिरिरहेका व्यवसायीले पोलको भाडादर अब १४ हजार पाँच सय रुपैयाँ बुझाउनु पर्नेगरी प्राधिकरणले महशुल बृद्धि गरेको छ।
इन्टरनेट तथा टिभी सेवाप्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत् प्राधिकरणले चर्को महशुल लगाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।