साढे ३ खर्बको बजार, ३ अर्बभन्दा बढी अवैध


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

नेपालमा वार्षिक ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कपडा तथा कपडाजन्य वस्तु खपत हुने गरी पनि ४४ अर्ब ७० करोड रुपैयाँको मात्र वैध कारोबार हुने गरेको एक अध्ययनले देखाएको छ । प्रतिव्यक्ति वार्षिक १२ हजार १९ रुपैयाँ बराबरको कपडा तथा कपडाजन्य वस्तु खपतका आधारमा यो तथ्यांक निकालिएको हो ।

नेपाल कपडा उद्योग संघका अनुसार वार्षिक ३ खर्ब १० अर्ब रुपैयाँ बराबरको कपडा आयात अवैध रुपमा भइरहेको छ । जसमा नेपालीले सीमावर्ती भारतीय बजारमा गएर खरिद गर्ने हिस्सा ठुलो छ भने यसबाहेक चोरीपैठारी तथा न्यून बिजकीकरणबाट नेपालमा कपडा तथा कपडाजन्य वस्तु भित्रिने गर्दछ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com