नदीमा डुबेर दुई बालकको मृत्यु


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आज बिहान करीब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करीब ३ः३० बजेतिर शव भेटिएको थियो । शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइेको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com