नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन मन्त्रीले १० लाख डलर दिने घोषणा
प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार
अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् ।
सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् ।
उनले सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए) मार्फत् रकम सहयोग गर्ने छन् । यो सहयोगलाई यहाँका नेपाली समुदायले महत्वपूर्ण उपलब्धी ठानेको छ ।
मे ११ र १२ सम्म चल्ने ओसियाना सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेलगायतका नेताहरु र ब्यवसायीहरुको सहभागिता छ ।






