यी हुन् आइएलटिएस परीक्षामा राम्रो अंक ल्याउने उपाय


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

आइएलटिएस परीक्षाको सर्टिफिकेट संसारका १०,००० भन्दा बढी शैक्षिक संस्थाहरुमा मान्य छ ।

यी शैक्षिक संस्थाहरुले यसलाई विद्यार्थीहरुको अंग्रेजीमा दक्षता मापनको लागि लिन्छन् । अंग्रेजी नबोलिने देशमा यदि अंग्रेजीमा पढाइ हुन्छ भने,त्यहाँ पनि आइएलटिएसको व्यवस्था राखिएको हुन्छ । विद्यार्थीहरुले आइएलटिएस गर्दा विशेष गरि एकेडेमिक आइएलटिएस गर्छन् जुन सबै तहको पढाइ तथा विद्यार्थीहरुको कामको लागि मान्य हुन्छ ।

तल उल्लेख गरिएका केही सामान्य कुराहरुमा ध्यान दिन सके आइएलटिएसमा राम्रो अंक ल्याउन सकिन्छ ।

–आइएलटिएसको लागि अंग्रेजी सिक्नुहोस । लेख्ने,पढ्ने, सुन्ने र बोल्ने अभ्यास गरिरहनुहोस् । यसको लागि किताब, चलचित्र, गीत आदिलाई माध्यम बनाउन सक्नुहुन्छ । विभिन्न अन्लाईन सेवाहरुद्वारा पनि सिक्न सक्नुहुन्छ ।

–परीक्षा दिनुपर्ने ठाउँबारे जानकारी लिनुहोस् ।

–यो भाषा परीक्षा भएकोले तपाईंले दैनिक जीवनको व्यवहारमा जति प्रयोग गर्नुभयो त्यति नै तपाईंलाई परीक्षा सहज हुन्छ । त्यसैले साथीभाइ वा आफन्तसँग पनि अँग्रेजी बोल्ने बानी बसाल्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com