मौसमविद् भन्छन,तीन दिनसम्म हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

आजबाट तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुने बताइएको छ । यस्तै केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com