तरकारीमा विषादी जाँच गर्ने निकाय नै बिरामी !


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन ।

देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाई अन्तर्गतको प्रयोगशालाले तरकारीमा रसायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गर्यो । विषादीको मात्रा १० देखि १५ सम्म हुनुलाई सामान्य मानिए पनि मात्रा जति बढ्दै गयो त्यति हानिकारक हुन्छ । त्यो विषयले निकै चर्चा पायो र उपभोक्ता पनि सचेत भए ।

तर काम थालेको एकरदुई वर्ष नपुग्दै प्रयोगशाला प्रयोगविहीन जस्तै छ । प्रयोगशाला सञ्चालनका लागि सरकारले आवश्यक प्राविधिक जनशक्तिको पूर्ति गर्न सकेको छैन । सुरुमा बाली संरक्षण निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा पाँच प्राविधिक जनशक्तिबाट काम सुरू भएको थियो ।

अहिले केन्द्रीय कृषि प्रयोगशालाका एक जना मात्रै कृषि प्राविधिक (जेटीए) को भरमा छ्र प्रयोगशाला । प्रयोगशाला एक जना कार्यालय सहयोगी र कृषि प्राविधिक जाग्येश्वर शर्मा सिङ्गैको जिम्मामा जेनतेन काम हुँदैछ । याे समाचार सीता शर्माले गाेरखापत्रमा लेखेकी छन् र

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com