प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

 सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइएका छन् ।

सभामुख कृष्णबहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले २४ वैशाखको बैठकमा विपक्षीहरूलाई जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरा’ शब्द प्रयोग गरेका थिए जसको कांग्रेसले चर्को प्रतिवाद गरेको थियो ।

बैठकको सुरुमै सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रयोग भएका शब्दबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

लगत्तै सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले विपक्षी सांसदहरूबाट पनि त्यस्ता शब्द प्रयोग भएकाले अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख महराले विपक्षी सांसदहरूले बोलेका अमर्यादित शब्द पनि हटाउन निर्देशन दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com