‘सुन साइली’ गीतका रेकर्डिस्ट आफ्नै भाइकी श्रीमतीको हत्या आरोपमा पक्राउ


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

२५ वर्षीय आफ्नै भाइकी श्रीमती (बुहारी) को हत्या गरेको आरोपमा चर्चित गीत ‘सुन साइली’ गीतका रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् । उनले बिहीबार दिउँसो बुहारी अञ्जना महत (लामा)को खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

केहि दिनभित्रै विदेश जाने तयारीमा रहेकी अञ्जनाको उनी आफैले हत्यापछि ‘आमा मैले बुहारीलाई काटें प्रहरीलाई बोलाउनुस्’ भनेको र त्यसपछि प्रहरी पुगेको बताइएको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुलेका अनुसार हत्या के कारणले भएको हो भन्ने विषण्मा अनुसन्धान भइरहेको छ ।

बहुचर्चित गीत ‘सुन साइली’लगायत केही अन्य गीतमा संगीत भरेको उनी मानसिक समस्याबाट ग्रसित रहेको प्रारम्भि अनुसन्धानबाट खुलुेको प्रहरीको भनाइ छ । स्थानीयले समेत भद्र मानिसका रुपमा लिने महत परिवारमा समेत असल व्यक्त्तित्व रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com