चीनले सम्झौता तोडेको ट्रम्पको आरोप संगै अमेरिका–चीन तनाव बढ्यो


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको वार्ताअघि दुई देशबीचको तनावलाई थप चर्काउँदै व्यापार वार्तामा चीनले सम्झौता तोडेको आरोप लगाएका छन्। चिनियाँ उत्पादनमा अमेरिकाले कर बढाए आवश्यक जवाफी कदमबाट बदला दिने बेइजिङले बताएपछि उनको यस्तो टिप्पणी आएको हो।

शुक्रवार ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा कर दोबर बनाउने बताएका थिए। यति हुँदा हुँदै पनि यी दुई देशबीचको व्यापार वार्ता बिहीवार अमेरिकाको वाशिङटनमा हुँदैछ। चीनका एकजना शक्तिशाली अधिकारी उपप्रधानमन्त्री लियु हेले चिनियाँ प्रतिनिधिको नेतृत्व गर्नेछन्।

विदेशी अर्थतन्त्र मामिलाका जानकार लियु हार्वर्डमा पढेका हुन् र राम्रो अङ्ग्रेजी बोल्छन्। वार्ता हुनुअघि ट्रम्पले व्यापारबारे अमेरिकाले वार्ता गरिरहेका बेला चीनका नेताले सम्झौता तोडेको आरोप लगाएका हुन्। ‘उनीहरूले सम्झौता तोडेका छन्, उनीहरूले त्यसो गर्न सक्दैनन्। त्यसैले उनीहरूले अब कर तिर्नुपर्छ,’ फ्लोरिडामा भएको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकहरू समक्ष बताए।

उनले यदि दुवै पक्षले सम्झौता गर्न नसके ‘वर्षको १ सय अर्ब डलर लिनु कुनै गलत नहुने’ बताएका छन्। बेइजिङस्थित वाणिज्यमन्त्रीले चीनले हस्ताक्षर हुने प्रक्रियामा रहेको सम्झौता तोडेको भन्ने राष्ट्रपति ट्रम्पको दावीको खण्डन गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ पक्षले सम्झौताको मस्यौदामा महत्त्वपूर्ण परिवर्तनहरू गरेको केही खबरहरूमा जनाइेको छ। तर एक अधिकारीले भने, ‘चिनियाँ नागरिकहरू हाम्रा भनाइमै टिकेका छन् र यो कहिल्यै पनि परिवर्तन भएको छैन।

वाशिङटनले आफ्नो योजना अनुसार १ सय ५० प्रतिशत कर बढाए त्यसको बदला लिन चीन पूर्ण रूपमा तयार रहेको पनि उनले बताए।

हालैमात्रै दुई पक्ष व्यापार युद्ध अन्त्य गर्नका लागि सम्झौता नजिक पुगेको देखिएको थियो। तर आइतवार ट्रम्पले एउटा ट्वीट गर्दै २ सय अर्ब डलर बराबरका सामानमा अमेरिकाले कर बढाउने र अन्य नयाँ करहरू पनि लगाउन सक्ने बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com