विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन ।

नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन । तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन् ।

अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ । घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com