पत्रकारलाई १० लाखसम्म जरिवाना !


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

पत्रकारले आचार संहिता उल्लघंन गपरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु-याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ ।

प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो ।

‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ,’ विधेयकमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com