१५ वर्षमा मागी विवाह गरेका प्रचण्ड र सीता पुनः विवाहबन्धनमा


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहांकी पत्नी सीता दाहालबीच पुनःविवाह सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is 59826074_2269234430009338_3707671664058695680_n.jpg

मागी विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा उहांको परिवारले बाबुआमाबीच दोस्रो पटक विवाह गराइदिएको हो । कास्की ढिकुरपोखरीमा जन्मनु भएका अध्यक्ष प्रचण्डले छिमेकी गाउं हेङ्जाकी सीतांसग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is 59877574_2474480919504715_994030632600338432_n.jpg

 

विवाह भएको ५० वर्ष पुगेको अवसरमा आज अपरान्ह ५ खुमलटारस्थित एक घरमा पुनःविवाह कार्यक्रमको आयोजना गरिएको छ । गतवर्ष एकमात्र छोरा प्रकाश दाहालको निधन भएपछि विव्ह्ल हुनुभएकी श्रीमतीको उपचारका लागि अध्यक्ष प्रचण्डले हदैसम्मको प्रयास गर्नुभएको छ । आग्रहमा आज गरिएको पुनःविवाहले आमाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहांको परिवारले विश्वास गरेको छ । कार्यक्रममा कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा वरिष्ठ नेता माधवकुमार नेतपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, दीनानाथ शर्मा लगायतका नेता कार्यकर्ता र नातेदारहरुको सहभागिता रहेको थियो । विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।

This image has an empty alt attribute; its file name is 60095684_624099364739006_5715413379942711296_n.jpg

अध्यक्ष प्रचण्डका चार छोराछोरीमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएको छ । माइली छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ भने कान्छी छोरी गंगा दाहालले निजी सचिवालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।

दाहालले झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा प्रचण्ड पत्नी सिता पनि सँगै हुनुहुन्थो। दश वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड २०६२/०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आउनुभएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेका बन्नुभएको थियो । त्यसको झन्डै नौ वर्षपछि दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेका बन्नुभएको थियो । यतिवेला एमाओवादी र नेकपा एमालेबीच एकता पछि बनेको नेकपामा प्रचण्ड अध्यक्ष हुनुहुन्छ । पत्नी सीता बिरामी भएपछि उहाँलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो। सीता पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ ।

 

पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आईरहेको छ ।

पत्नी सीता बिरामी भएपछि उहाँलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो। सीता पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ । पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आईरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com