राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

राष्ट्रपति विद्या भण्डारी कानुन दिवसको अवसर पारेर सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा सहभागी हुनु भएको छ ।

राष्ट्रपति भण्डारी कानुन दिवसको अवसर पारेर बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमा आयोजित चियापान समारोहमा सहभागी हुनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले स्वतन्त्र न्यायालयलाई अक्षुण्ण राख्न पनि कानुन दिवसले हौसला प्रदान गर्ने गरेको पनि बताउनु भयो । मुख्य रजिष्ट्रार निरौंलाले कानुन दिवसको अवसर पारेर आयोजित चियापान समारोहमासहभागी हुनु भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।

सर्वोच्च अदालतले हरेक वर्ष बैंशाख २६ गते कानुन दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । नेपालमा पहिलो पटक विक्रम संवत २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल बैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याउनु भएको थियो । सोही दिनको स्मरणमा हरेक बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com