मेगन र ह्यारीले शाही परम्परा तोड्दै छोराको नाम यस्तो राखे


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

ब्रिटेनका ड्युक र डचेन अफ ससेक्स ह्यारी र मेगनले आफ्नो पहिलो सन्तानको नाम घोषणा गरेका छन् ।

जन्मिएको केही घण्टापछि  ह्यारी र मेगनले आफ्नो छोराको नाम उनीहरुको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । छोराको नाम आर्ची ह्यारिसन माउन्टब्याटन–विन्डसर राखिएको छ ।

हुन त नवजात शिशुको नाम राख्ने कुनै नियम छैन तर बेलायती शाही परिवारले आफू अघिका सदस्यलाई सम्मान गर्ने परम्परा छ । कतिले नयाँ शाही सन्तानको नाम आर्थर, एड्वार्ड साथै फिलिप (ह्यारीका हजुरबुवा) हुनसक्ने अनुमान गरेका थिए । तर कसैको पनि अनुमान मिलेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पारम्पारिक नामको साटो उनीहरुले आफूलाई मनपरेको नाम छाने,’ सीएनएनका शाही संवाददाता म्याक्स फोस्टरले भने । ‘उनीहरुले आफ्नो पीढिलाई झल्काउने काम गरिरहेका छन् । उनीहरु इतिहास हेरिरहेका छैनन् । विगत होइन, वर्तमान हेरिरहेका छन् ।’

राजगद्दीका लागि लाइनमा सातौं स्थानमा रहेका आर्ची ह्यारिसनलाई तत्काल कुनै पदवी दिइनेछैन ।

बकिङ्घम दरबारले सिएनएनलाई बुधबार दिएको जानकारी अनुसार ड्युक र डचेज अफ ससेक्सले आफ्नो छोरालाई कुनै पदवी प्रदान गर्ने छैनन् ।

आर्चीले आफ्नो बुवाबाट ‘अर्ल अफ डम्बर्टन’ पद पाउने भएपनि उनका आमा–बुवाले यस्ता कुनै पनि पद छोरालाई नदिने संकेत दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com