बौद्ध- जोरपाटी सडक अवरुद्ध ,स्थानीय र प्रहरीबीच झडप


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।

बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।

बिहान ८ बजेदेखि उक्त सडक अवरुद्ध हुँदा साँखु, गागलफेदी, आलापोट, गोकर्ण र मेलम्चीबाट रत्नपार्क, कोटेश्वर र चक्रपथ अौने गाडीहरु जोरपाटी चोकबाटै फर्काइेका छन्। सडक अवरुद्ध हुँदा बिहान कलेज, स्कुल तथा कार्यालय हिँडेका यात्रुहरु समस्यामा परे।

स्थानीय व्यापारी आत्माराम चौलागाईँले बिहान पसल नखोलेरै विरोध प्रदर्शनमा उत्रिएको जनाए। उनले भने, ‘धूलोले बस्नै नसक्ने भएपछि सरकार र सम्बन्धित निकायको ध्यानकर्षण गराउन सडकमा उत्रिएका हौँ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही, गर भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।सडक मर्मम नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।

उक्त सडकमा खण्डखण्ड बनाएर कालोपत्रे सुरु गरिएको छ।लामो समय भएसक्दा पनि सडक पिच नहुँदा स्थानीय पानी पर्दा हिलो र घाम लाग्दा धूलोबाट आजित भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com