किन हुन्छ प्रेम ?


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

मानिस मात्र नभएर जनावरले पनि आफु निकटकासँग प्रेम गर्ने गर्दछ । यसरी नजिककासँग स्नेह बढाउने काम स्तनधारी जीवमा हुने एउटा हार्मोनले गर्छ ।

माया, प्रेम र स्नेह जगाउने हार्माेनको नाम आक्सीटोसिन हो । यही हार्माेनले गर्दा प्रेम र स्नेहको महसुस हुने गर्छ । साथीभाई बीच मेलमिलापका लागि पनि यही हारमोनले प्रेरित गर्छ । दुईबीच विश्वासको वातावरण बनाउने पनि यही हार्मोन हो ।

यो हार्माेनले आमा र बच्चा बीचमा पनि बलियो माया स्थापित गर्छ । त्यसैले यसलाई प्रेम हार्माेन पनि भनिन्छ । स्तनधारी जनवरमा पनि यसको गजब लक्षण देखिन्छ । मान्छे नजिक आउँदा कुकुरमा यो हार्माेन बढ्छ । त्यसैले गर्दा मान्छे र कुकुर बीच निकटता बढाउँछ । अनुसन्धानले बिरालोमा भन्दा पाँच गुणा बढी यो हार्माेन कुकुरमा उत्पादन हुने देखाएको छ ।

अन्य स्तनधारी जनावरमा पनि यो हार्माेनले प्रेम बढाउने गरेको अनुसन्धानबाट देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com