विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्मरणीय छ, केही दिन भारतमा आएको ‘फानी’ को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क पारिएको त्रिपाल उडाउँदा लाखौंको क्षति भएको छ । यसले गर्दा आरोहीहरुको हिमाल आरोहणको तालिका केहि फेरबदल हुनसक्ने देखिएको छ ।
हिमालयन उद्धार संघ नेपालका वेशक्याम्प इञ्चार्ज तथा हेलिकोप्टर रेस्क्यू स्पेसलिष्ट लाक्पानोर्बु शेर्पाले सगरमाथा आधार शिविरको पूर्वीदक्षिणमा रहेको उक्त नुप्से हिमालबाट कुनै पनि समय हिउँको ठूलो ढिस्को खस्दा भयानक हिउँपहिरो जान सक्ने सम्भावना बढेको बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।