निर्वाचनको मिति घोषणा गर्न सांसदहरुको माग


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

निर्वाचनको मिति  तत्काल घोषणा गरेर बाँकी काम टुग्याउँदै जानु पर्ने नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले बताउनु भएको छ ।  एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै नेपाली कांग्रेसका सचेतक एवं केन्द्रिय सदस्य इश्वरी न्यौपाने र नेकपा एमालेका सांसद एवं केन्द्रिय सदस्य सिता गिरी ओलीले तत्काल निर्वाचनको मिति घोषणा गरेर बाँकी कामहरु राजनीतिक सहमतिमा गर्नुपर्ने बताउनु भएको हो ।

निर्वाचन गर्न आवश्यक विद्ययक पारित गर्दै राजनीतिक विषय हल गर्न समय लाग्ने भएकाले निर्वाचनको मिति घोषणा गर्न ढिलो गर्न नहुने उहाँहरुको भनाई छ ।

केही समय राखेर निर्वाचन मिति घोषणा गर्ने र बाँकी काम त्यही समयभित्र टुग्याउनु पर्ने उहाँको भनाई छ । २०७४ माघ ७ अगावै तीन चरणको निर्वाचन गर्नु पर्ने भएकाले मुख्य दलहरु गम्भिर बन्नु पर्ने उहाँको भनाई छ । सांसदद्धयसँगको अन्तर्वाता आज राती १० बजेको समाचारपछि पुनप्रसारण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com