पहिरनलाई लिएर प्रियंका भइन ट्रोल
प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार
नायिका प्रियंका चोपडा हलिउड या बलिउडमा आयोजना हुने कार्यक्रममा पुग्दा जुन खालका पहिरन लगाउँछिन्, त्यसले उनको तारिफ नै तारिफ पाएका छन् ।
‘मेट गाला’कै अघिल्लो सिजनमा पनि उनले लगाएको पहिरनले विश्वभरका मिडियामा राम्रो स्थान मात्र पाएनन्, चर्चा पनि पायो । तर, यसपटक भने सबैले नायिका चोपडा पहिरनको मामालामा चिप्लिएको तर्क गरेका छन् ।

सोमबार बेलुकी आयोजित ‘मेट गाला–२०१९’मा चोपडाले लगाएको पहिरन, उनको मेकाप र कपालको स्टाइललाई दर्शकले मन पराएनन् । पति निक जोनसको साथमा पुगेकी चोपडाले लगाएको पहिरनमा थुप्रै ट्रोल बनिरहेका छन् ।
प्रियंकाले लगाएको पहिरन लिएर फ्यानहरु निराश छन् । कतिपयले उनको पहिरनप्रतिको सजगतालाई लिएर हैरान भएको उल्लेख गरेका छन् ।
कतिपयले, प्रियंकाको आजसम्मकै सबैभन्दा खराब पहिरन भनेर लेखेका छन् ।मिडियामा पनि प्रियंकाको यो पहिरन स्टाइलमा आलोचना नै भएको छ ।






