काठमाडौंमा हैजाका जीवाणु फेला,दूषित पानी मूख्य कारण


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो ।

४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेककुमार लालले बताउनुभयो ।

झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए । उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com