Follow @khasokhasmag

बलात्कारी जोगाउन चलखेल, प्रहरीले मेटायो घटनाको प्रमाण


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

धनुषा महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छन् । उनी घरि घटना सम्झेर झस्किन्छिन् त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख २५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कारगरेपछि उनको यो हविगत भएको हो ।

घटनापछि उनको मनस्थिति असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।
घरिघरि बेहोस हुने र ननिदाउने समस्या भएपछि उनलाई जनकपुर क्षेत्रीय अस्पतालको बाल मानसिक रोग वार्डमा कञ्चनको उपचार भइरहेको छ ।

पीडितका पिताले स्थानीय एक असईले आफ्नोे मोबाइल जफत गरी घटनाको प्रमाण (फोटो) नष्ट गरिदिएको बताए ।

घटनास्थलको फोटो भएको मोबाइल खोसेर किन ती फोटोहरु किन डिलिट गरियो ? पीडितका ठूलोबुबाले भने ।

यस्तै महेन्द्रनगर नगरपालिकाका मेयर योगी पंजियार र भौतिक तथा योजनामन्त्री रघुवीर महासेठले घटना दबाउन खोजेको पीडित पक्षको आरोप छ ।, समाचार नागरिक दैनिकमा छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com