हृदयघातका कारण जापानमा एक नेपालीको निधन


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

बागलुङ जिल्ला बिहुँकोट स्थायी घर भई हाल जापानको साइतामामा बस्दै आएका ५३ बर्षिय हितराज कँडेलको यही आइतवार निधन भएको छ ।

बिहुँकोट समाज जापानका अनुसार आफु बस्दै आएको खावागोय नजिकैको पार्कमा घुम्न गएको समयमा हृदयघातका कारण उनको निधन भएको हो । उनको आइतबार मध्यान्ह १२ बजे निधन भएको बताइएको छ ।

श्रीमती र ३ छोराहरु सहित जापानमै बस्दै आएका कँडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न थिए ।

स्व. कँडेलको आज मंगलवार साइतामाको खावागोयमा नै अन्त्येष्टि गरिने भएकोले श्रद्धाञ्जलीका लागि उपस्थित हुन इच्छुक नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई बिहुँकोट समाजले अपिल गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्त्येष्टि हुने स्थानको ठेगाना Saitama-Ken, Kawagoe-Shi, Kosenba 786-1, 350-0031 हो ।

जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु भएको छ । गत आइतबार अर्थात् मे २८ तारिकमा चितवन घर भई हाल जापानको चिबामा बस्दै आएका विपिन धितालको पनि आकस्मिक निधन भएको थियो ।

आफ्नै रेष्टुरेन्ट सन्चालन गर्दै आएका धितालको लिभरमा समस्या थियो। श्रीमती सहित जापान बस्दै आएका उनको खाना पकाउदै गर्दा मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com