चीनको उच्चस्तरीय टोली नेपाल आउँदै


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका ९कामपा०बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ ।

यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो ।

आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–गान्सुको आर्थिक तथा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तय भएको छ। सोही कार्यक्रममा प्रदेशसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धमा औपचारिकरूपमा हस्ताक्षर हुने बताइएको छ । कार्यक्रममा सहभागी हुन ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार अपराह्न काठमाडौं आउँदै छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com