प्रधानमन्त्रीले निम्छरा प्रश्नको जवाफ दिन्न भनेपछि,प्रतिपक्षले मच्याए हंगामा


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

संघीय संसदको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बीच केही समय आरोपप्रत्यारोप चल्यो ।

आर्थिक वर्ष २०७६/०७७ को सरकारको नीति तथा कार्यमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा हंगामा मच्याए हो ।

प्रधानमन्त्री ओलीले जवाफको सुरुवातामै भन्नुभयो , ‘जिज्ञासाका लागि धन्यवाद, आक्रोष कुण्ठा र निम्छरा अभिव्यक्तीको वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु ।’ त्यसपछि नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले उठेर आपत्ती जनााउनु भयो । प्रधानमन्त्रीको सो अभिव्यक्ती संसदको रेकर्डबाट हटाउन माग गरे ।

सभामुख कृष्णबहादुर महराले काँग्रेसका सांसदहरुलाई ध्यानआकर्षण भएको बताउँदै बस्न आग्रह गरेपछि उनिहरु बसेनन् । प्रधानमन्त्री ओलीले रोष्ट्रमबाट जवाफ दिन सुरु गर्नुभयो  । त्यसपछि काँग्रेसका सांसदहरु झनै आक्रोशित भए । काँग्रेसका साँसद र प्रधानमन्त्रीबीच थप घोचपेच चल्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com