आ.व.२०७५/७६को नीति तथा कार्यक्रम पारित,प्रतिपक्ष हेरेको हेरै


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको नेपाल सरकारद्वारा प्रस्तुत आ.व.२०७५/७६को नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आईतबारको बैठकले पारित गरेको छ ।

बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि ३ दिनसम्म चलेको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिईसके पछि सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभा बैठकको सर्वसम्मतीले पारित गरेको हो ।

आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम पारित हुनु अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेकाका सांसद डा. मिनेन्द्र रिजाल सहित १७ जना सांसदहरु र राष्ट्रिय जनता पार्टीका दुई जना संसदहरुद्वारा हालिएको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका ४ जना सांसदहरुले भने प्रधानमन्त्रीको स्पष्टिकरण पछि आफ्नो संशोधन प्रस्तावलाई फिर्ता लिएका थिए ।

नीति तथा कार्यक्रम माथि १५ वटा भन्दा बढी बुँदाहरुमा तीन राजनीतिक दलका २३ जना सांसदहरुले संशोधन हालेका थिए ।यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण समेत पेश गरेका छन् । आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डा।खतिवडाले आर्थिक सर्वेक्षणमा मुलुकका आगामी चुनौति र अवशरहरुका बारेमा उल्लेख गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक पर्सी जेठ १५ गते मंगलबार साँझ साँढे ६ का लागि बोलाइएको छ । सोही दिन दिउँसो ४ बजे भने सरकारले आर्थिक वर्ष २०७५र७६ को लागि वजेट प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com