Follow @khasokhasmag

अमेरिकामा एसाइलमलाई कडा गर्न अफिसरलाई नयाँ तालिम सामाग्री (पूर्ण पाठ)


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

अमेरिकामा एसाइलमलाई कडाई गर्न ट्रम्प प्रशासनले एसाइलम अफिसरहरुका लागि समेत नयाँ अध्ययन सामाग्री तयार पारेको छ । प्रारम्भिक जाँच पूरा गर्नका लागि एसाइलम अफिसरका लागि पुनरावलोकन सहितको तालिम सामाग्री र मार्गनिर्देशन तयार पारिएको छ ।

नयाँ मार्गनिर्देशनका कारण अझ धेरै एसाइलमका अनुरोधहरु अस्वीकृत हुने र आवेदकले अदालतमा पेश हुने मौका नपाई देशनिकालाको सामना गर्नुपर्ने एकजना पूर्व सरकारी अधिकारीलाई रोयटर्सलाई बताएका छन् । युएससीआईएसका प्रवक्ता जेसिका कोलिन्सले भने युएससीआएएसल बेलाबेलामा तालिमका कागजातहरु पुनारावलोकन गर्ने बताएकी छिन् ।

 तालिम सामाग्रीको पूर्ण पाठ

युएससीआईएस यस अगाडि सन् २००६, २०१४ र सन् २०१७ को फरबरीमा मार्गनिर्देशनमा फेरबदल गरेको थियो । अप्रिल ३० को मितिमा जारी नयाँ मार्गनिर्देशनको कार्यान्वयन मे महिनादेखि हुने जनाइएको छ ।

ट्रम्प प्रशासनले एसाइलमका नियमहरुमा कडाई गरिरहँदा यो पछिल्लो परिवर्तनका रुपमा आएको हो । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलम आवेदकलाई शुल्क लिने, वर्क परमिट नदिने, ६ महिनाभित्र आवेदनको टुंगो लगाउने जस्ता नीति निर्माणका लागि मेमो समेत जारी गरेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com